एसीसी प्रिमियर कप : कुवेतले ओमानलाई  दियो १ सय ३१ रनको लक्ष्य

 बैशाख १७, २०८० आइतबार ११:४०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि कुवेतले ओमानलाई १ सय ३१ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेत ३१ ओभर ३ बलमा १ सय ३० रनमा अलआउट भयो । उसका लागि अदान इद्रिसले सर्वाधिक ३४ रन बनाए । बलिङतर्फ ओमानका जय ओदेद्राले ५ विकेट लिए । 

कुवेत नेपालसँगको खेल वर्षाका कारण रद्द भएपछि र ओमान यूएईसँग हारेपछि तेस्रो स्थानका लागि खेलिरहेका हुन् । नेपाल र यूएई फाइनलमा पुगेका छन् । फाइनल खेल भोलि हुनेछ । भोलि वर्षा भएमा खेल पर्सि हुनेछ । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ ।

शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया