महावीर पुनसँग सरकारले थाल्यो वार्ता

 वैशाख १७, २०८० आइतबार १३:४७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकार र माइतीघरमा धर्ना बस्दै आएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता सुरु भएको छ ।

सिंहदरबारमा रहेको रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र पुनसहितको टोलीबीच वार्ता भइरहेको मन्त्री खड्काको सचिवालयले जनाएको छ । वैज्ञानिक पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा बजेट मागसहित अस्तिदेखि माइतीघरमा धर्ना थाल्नुभएको हो ।

वैज्ञानिक पुनले आफ्नो माग पूरा नभएसम्म माइतीघरमा धर्ना नछोड्ने अडान राख्नुभएको छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका आफ्नो माग पूरा नभएसम्म धर्ना कायम रहने उहाँको भनाइ छ ।

उहाँले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष बनाउनुपर्ने तथा अर्थतन्त्र सुधार गरी युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्नेलगायतका माग गर्नुभएको छ ।

माग पूरा गराउनको लागि सरकारलाई दबाब दिन माइतीघरमा धर्ना सुरु गरेका वैज्ञानिक पुनलाई युवा तथा विभिन्न राजनीतिक दल र सङ्घसंस्थाले पनि साथ दिएका छन् । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया