मन्त्रालयकाे बजेट घट्ने भएपछि मन्त्रीकाे गुनासाे– ‘बिहान खाँदा साँझ नपुग्ने, साँझ खाँदा बिहान नपुग्नेजस्तो’

 वैशाख १७, २०८० आइतबार १८:३४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आउँदाे आर्थिक वर्ष २०८०/०८१ मा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताउनुभएको छ ।

आइतवार काठमाण्डाैमा पेसागत महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले आउँदाे आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब रुपैयाँ कटौती भएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा एक सय ६३ अर्ब बजेट रहेको भए पनि आउँदाे आर्थिक वर्षका लागि एक सय १३ अर्ब रुपैयाँ बजेटको सिलिङ दिइएको बताउनुभयो ।

मन्त्री ज्वालाले आउँदाे आर्थिक वर्षको बजेट गरिबका लागि खानेकुराजस्तो बनेको बताउनुभयो । उहाँले राजस्व सङ्कलन कम भइरहेको र अर्थतन्त्रका सूचकाङ्कहरू पनि खराब रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी बजेट निर्माणको चटारोमा छाैँ । बजेट पनि कटाैती भएकाे छ । यता ताने उता मिल्दैन, उता ताने यता मिल्दैन । गरिबीजस्तो भएको छ । बिहान खाँदा साँझ नपुग्ने, साँझ खाँदा बिहान नपुग्नेजस्तो भएको छ । बजेट मारमा पर्नु भनेको हाम्रा याेजना, कार्यक्रम मारमा पर्नु हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे बजेट यस पटक सबैभन्दा धेरै कटौती गरिएको छ । एक सय ६७ अर्बकाे बजेट आउँदाे आर्थिक वर्षमा एक सय १३ अर्ब रुपैयाँमात्रै सिलिङ दिइएको छ ।’

मन्त्री ज्वालाले बजेट कटाैतीका कारण मन्त्रालयले आउँदाे आर्थिक वर्षमा आवश्यक काम गर्न नसक्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया