कृषिकाे बजेट नकाटाैँ न भनेकाे, अर्थमन्त्री र प्रधानमन्त्रीले खासै चासाे दिनु भएन : मन्त्री भुसाल

 बैशाख १७, २०८० आइतबार १९:४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको बताउनुभएको छ ।

आइतवार काठमाण्डाैमा पेसागत महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्ताे कुरा बताउनुभएकाे हाे । उहाँले आउँदाे आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट पनि कटौती गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले कृषि मन्त्रालयको बजेट कटौती नगर्न अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरे पनि अर्थतन्त्र सङ्कटमा रहेको भन्दै आवश्यक चासो नदिएको आरोप लगाउनुभयो ।

मन्त्री भुसालले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भए पनि कृषि क्षेत्रमा लगानी गर्न सरकार कन्जुस बनेको गुनासाे गर्नुभयाे । उहाँले कृषि क्षेत्रको विकासका लागि सिँचाइको व्यवस्था र बाँझो जमिनको उपयोगलाई बढाउनु पर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो तर त्यसमा लगानी गर्ने कुरामा सरकार कन्जुस छ । कृषिकाे बजेट नकाटाैँ न भनेकाे के गर्नु खोइ, यस्तै हो भन्नुभयो, अर्थमन्त्रीसँग कुरा गर्दा पनि त्यस्तै, प्रधानमन्त्रीसँग कुरा गर्दा पनि खासै चासो दिनु भएन । कृषि क्षेत्रलाई कसरी अघि बढाउने भन्नेमा कसैको पनि त्यत्ति धेरै चासो देखिँदैन । पहिलो कुरा सिँचाइको व्यवस्था गर्नु पर्नेछ, दोस्रो बाँझो जमिनको उपयोग गर्नु पर्नेछ । १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । त्यसलाई कसरी उपयोग गर्ने भन्ने सोच्न जरुरी छ ।’

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया