आयुर्वेद नेपाललाई चिनाउन सक्ने माध्यम हाे : मेयर शाह

 वैशाख १७, २०८० आइतबार २०:१४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताउनुभएको छ ।

आइतवार काठमाण्डाैमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै मेयर शाहले यस्तो कुरा बताउनुभएको हो । उहाँले आयुर्वेद विस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको उल्लेख गर्नुभयाे ।

मेयर शाहले पहिला नेपालमा विदेशी पर्यटकहरू योग, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय भने खस्कँदै गएको बताउनुभयो । आयुर्वेदको प्रवर्धनका लागि सरकारले धेरै काम गर्नुपर्ने उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘आयुर्वेदका लागि अझै धेरै गर्न बाँकी छ । यसलाई प्रवर्धन गर्दै जानुपर्छ । नेपालमा पहिला विदेशी पर्यटकहरू आयुर्वेदका लागि आउँथे, योगका लागि आउँथे । यसको प्रवर्धनका लागि आउँदा दिनमा अझै धेरै काम गर्नुपर्छ । आयुर्वेद देशलाई चिनाउन सक्ने चिज हो ।’

मेयर शाहले आयुर्वेदको प्रवर्धन र विस्तार गरी विदेशी पर्यटकहरू नेपाल भित्र्याउनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया