कञ्चनपुरका उखु किसानले ३२ करोड रुपैयाँ अनुदान पाउन बाँकी
मंसिर १४, २०८० बिहिबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब छैटौँ खेलमा पनि पराजित भएको छ ।
एन्फा मुख्यालयमा आज आइतवार भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाइज युनाइटेडसँग मनाङ ३–० गोलले पराजित भएको हो । मनाङ पहिलो पटक लगातार ६ खेलमा पराजित भएको हो ।
यस्तै खराब मौसमका कारण हिजो शनिवार स्थगित भएको आर्मी र हिमालयन शेर्पाको खेल आज १–१ गोलको बराबरीमा टुङ्गिएको छ । यस्तै जावलाखेल र सङ्कटा क्लबले पनि १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।