भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल चितवनले गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले सरकार ढल्छ भन्नु भ्रम मात्र भएको दाबी गर्नुभएकाे हाे ।
उहाँले भन्नुभयो, 'सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ की भन्ने भ्रम हो ।' साथै, उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो नेतृत्वको सरकारमा आउने दाबी गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । याे पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।' रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वाभाविक नभएको भन्दै उहाँले यसैमा उहाँ अडिनुहुन्छ भन्ने आफूलाई नलागेको बताउनुभयो ।
सत्ता साझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उहाँले बताउनु भयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'रास्वपका अध्यक्ष रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।'
यस्तै, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको मागप्रति सरकार सकारात्मक रहेको पनि बताउनु भएकाे छ । उहाँले आफूसँग सल्लाह गरेर नै पुन माइतीघरमण्डलामा धर्नामा बसेको पनि बताउनुभयो । धर्ना बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उहाँले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'भेटमा मैले बजेटमा तपाईँको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भनेँ । हिँड्ने समयमा उहाँले माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो । हाँसीहाँसी । यस कारण सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । मैले बुझ्दा त सल्लाहमा नै उहाँ बसेको भन्ने बुझेको छु ।' पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्याउन अनुरोध गरेको पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।