सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि प्रयास चल्दै

 वैशाख १८, २०८० सोमबार १४:५१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि निरन्तर प्रयास गरिरहेको जनाएको छ । सुडानमा अझै सुरक्षा अवस्था असहज रहेकाले त्यहाँ रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रही इजिप्टको कायरोमा रहेको नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक अहिलेसम्म अरू ३० जना नेपाली कायरोको नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका छन् । दूतावासको अनुरोधमा पोर्ट सुडानमा पुगेका १९ जना नेपाली साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा सहरमा सुरक्षितरूपमा पुगेका त्यहाँ रहेको नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ । उनीहरूलाई नेपाल फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ ।

सरकारले सुडानमा अझै पनि सुरक्षा अवस्था असहज रहेको भन्दै सबै नेपालीलाई सुरक्षित ठाउँमा रहन र अत्यावश्यक काममाबाहेक बाहिर हिँडडुल नगर्न तथा आपत्कालीन अवस्थामा कायरोको नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । सुडानमा सेना र अर्धसैनिक बलबीच सङ्घर्ष भइरहेकाे छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया