महिला टी–२० राष्ट्रिय क्रिकेटमा एपीएफले सुदूरपश्चिमलाई हरायो
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी (रास्वपा) ले ३६ वटा विभाग गठन गर्दै विभागीय प्रमुखहरू तोकेको छ ।
पार्टीकाे केन्द्रीय कार्यालय बसुन्धारामा आज साेमवार बसेको बैठकले डा. स्वर्णिम वाग्लेलाई अर्थनीति विभाग प्रमुखकाे जिम्मेवारी दिएकाे छ । यही वैशाख १० गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको उपचुनावमा तनहुँ–१ बाट वाग्ले निर्वाचित हुनुभएको थियो । चुनावअघि वाग्ले नेपाली कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गर्नुभएको थियो ।
यस्तै बैठकले डा. मुकुल ढकाललाई नीति तथा विचार र प्रशिक्षण, डा. तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद, सन्तोष परियारलाई मानव अधिकार, सोबिता गौतमलाई कानुन तथा न्याय, हरि ढकाललाई भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्धन र दीपक बोहरालाई जनसम्पर्क विभाग प्रमुख ताेकेकाे छ ।
यस्ताे छ कार्यविभाजन
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।