हत्या अभियाेगमा फरार एमाले सांसद काेइरी निलम्बित

 बैशाख १९, २०८० मंगलबार १७:४५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा पर्नुभएको छ ।

सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गर्नुभएको र यो जानकारी संसद्को सूचना पार्टीमा टाँसिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अब कोइरी फरार रहुन्जेल र मुद्दाको फैसला नहुन्जेल सांसद पदमा रहन अयोग्य हुनुभएको छ । यसअघि कोइरीलाई पक्राउ गर्नका लागि सहयाेग माग्दै प्रहरी प्रधान कार्यालयले सभामुख देवराज घिमिरेलाई पत्र पठाएको थियो ।

मधेस आन्दोलनका बेला २०७२ भदौ २५ गते आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । विकको हत्यामा कोइरीको संलग्नताबारे उच्च अदालत जनकपुरले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

फरार रहेकै अवस्थामा कोइरी नेकपा एमालेको तर्फबाट महोत्तरीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dharma oli

    May 2, 2023, 10:59 p.m.

    Junsukai hos aaba galtlai galta vanne bani basalu natra desma tesro biswayudda khojiranu pardaina yehibat suru hunxa

  •  0 Reply

तपाईको प्रतिक्रिया