तनहुँमा ट्रक पल्टिएर घरमा ठाेकिँदा ३ जनाकाे ज्यान गयाे, ५ जना घाइते

 बैशाख २०, २०८० बुधबार १७:३६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – तनहुँमा ट्रक पल्टिएर घरमा ठोकिँदा तीन जनाको ज्यान गएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

आज बुधवार बिहान बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा रहेको पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिन जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोकिएकाे थियो । दुर्घटनामा आठ जना घाइते भएका र सबैलाई उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा तीन जनाको उपचारको क्रममा ज्यान गएकोे प्रहरीले जनाएको छ । दुर्घटनामा बन्दीपुर गाउँपालिका–१ बस्ने आयुस भुजेल, चेतबहादुर घर्ती र सनबहादुर भुजेलको ज्यान गएका हो  । पाँच जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच दुर्घटनापछि बन्द भएको सडक पुनः सञ्चालनमा आएको छ । आज बिहान १० बजेदेखि बन्द रहेको याम्पा–आँबुखैरेनी सडक खण्ड दिउँसोदेखि सञ्चालन भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजनमा बसेको घाइतेका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले घाइतेलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपछि सडक सञ्चालन भएको हो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया