म्याग्दीमा अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिश गर्ने व्यवस्था
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवम् सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताउनुभएको छ ।
बिहीवार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भए पनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको उल्लेख गर्नुभयो । उहाँले कुनै पनि बेला दोषी उम्किनु नहुने र निर्दोष फस्नु नहुने भन्दै फसाउने षड्यन्त्र रचिएको भए सह्य नहुने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सांसद रायमाझीलाई तानेको हो कि तनाएको हो भन्नेबारे अध्ययन गर्दैछाैँ । अध्ययन गरेपछि आफ्नो धारणा बाहिर ल्याउँछौँ । निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ । चेक जसले काटेकाे हाे उसैसँग छ । एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई षड्यन्त्रपूर्वक बाटोमा समाउनु रहस्यपूर्ण छ, उहाँ भागेर जाने कतै होइन ।’
अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग आफूले समसामयिक राजनीतिक विषयमा छलफल गरेको र सांसद रायमाझीलाई पक्राउ गरेको कुरामा पनि ध्यानाकर्षण गराएको उल्लेख गर्नुभयो । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Madhu kumar belbase
May 4, 2023, 7:31 p.m.Kp ज्यु उपप्रधानमन्त्री भएको भनेर जस्तो सुकै अपराध गरेपनी छोड्दिने त ? पुर्व मन्त्री मात्र होईन यदि अपराध गरेको छ भने बहालवाला मन्त्रीलाई पनि कारबाही हुनुपर्छ ।