एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले सङ्कटा क्लबलाई हराएको छ ।
आज बिहीवार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले सङ्कटालाई ३–१ गोलले हराएको हो । मच्छिन्द्रका लागि देवेन्द्र तामाङ, विमल घर्तीमगर र आफिज ओलावालेले गोल गरे । सङ्कटाका लागि जुनियर एनकुगुएले गोल फर्काए ।
याे जितसँगै मच्छिन्द्र १४ खेलमा २१ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा पुगेको छ । सङ्कटा उति नै खेलमा १६ अङ्कसहित ११ औँ स्थानमा छ ।
आजै एन्फा कम्प्लेक्समा भएको सशस्त्र प्रहरीकाे एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेल १–१ गोलको रोचक बराबरीमा सकिएको छ । खेलको अन्तिम समयसम्म एनआरटी ललनुनजामाकाे गाेलमा अघि थियो तर इन्जुरी समयको अन्तिम मिनेटमा एपीएफका डोम्बियाले गोल गरेर खेललाई बराबरीमा ल्याए ।
एपीएफ १४ खेलमा १९ अङ्कसहित तालिकाकाे सातौँ स्थानमा छ । एनआरटी उति नै खेलमा १७ अङ्कसहित नवाैँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।