‘क्यान इन्फोटेक’ को ३० औं संस्करण माघ २४ देखि काठमाण्डौमा हुने
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा आफ्नै पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी तानिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियता बढेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकै आलोचना गर्ने र आक्कलझुक्कल मात्रै भेटवार्ता गर्ने ओलीले पछिल्लो तीन दिनमा दुई पटक प्रधानमन्त्रीलाई भेट्नुभएको छ ।
अस्ति सिंहदरबारमा प्रचण्डलाई भेटेर रायमाझीलाई फसाउन खोजिएमा सैह्य नहुने चेतावनी दिनुभएका ओलीले आज पनि प्रचण्डलाई भेट्नुभएको छ । आज प्रधानमन्त्री कार्यालयमा भएको दुई नेताबीचको भेटघाट डेढ घण्टा चलेको थियो ।
आजको भेटघाट पनि टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको विषयमा केन्द्रित थियो । भेटपछि एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको दाबी गर्नुभएको छ । तपाईँले अभियुक्त टोपबहादुर रायमाझीलाई बचाउन खोज्नुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले तपाईँहरुलाई त्यस्तो कुरा विश्वास लाग्यो ? भनेर उल्टै प्रतिप्रश्न गर्नुभएको हो । उहाँले केही मान्छेले आफूमाथि गलत आरोप लगाइरहेको भन्दै असन्तुष्टि पनि पोख्नुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि एमालेका सचिव समेत रहनुभएका टोपबहादुर रायमाझी फरार रहेको प्रहरीको भनाइ छ । निकै खोजी गरे पनि रायमाझीलाई भेटाउन नसकेको प्रहरीको दाबी छ ।
यो घटनामा सरकारका सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ लगायत पक्राउ परिसकेका छन् ।
घटनामा २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी अहिलेसम्म एक सय ६ जनाले २० वटा जाहेरी दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।