‘ए’ डिभिजन लिग : एनआरटीलाई हराएर चर्च ब्वाइज शीर्ष स्थानमा, मनाङ र सातदोबाटोले बराबरी खेले

 वैशाख २३, २०८० शनिबार १८:२६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।  

ललितपुरको  च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम एनआरटीलाई ४–१ गोलले हराउँदै चर्च ब्वाइज शीर्षस्थानमा उक्लिएको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्टले ह्याट्रिक गरे भने सुशील शाहले एक गोल गरे ।

एनआरटीका दिपेश आले मगरले एक गोल फर्काए । चर्च ब्वाइज १५ खेलमा २७ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । १७ अङ्कसहित एनआरटी दशौँ स्थानमा छ ।

आजै दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबले गोलरहित बराबरी खेलेका छन् ।

बराबरीपछि सातदोबाटो २३ अङ्कसहित चौथो र मनाङ १९ अङ्कसहित नवौँ स्थानमा यथावत् छन् । लिगमा अहिले थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच खेल भइरहेको छ। 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया