एन्फा महिला लिग फुटबल : नेपाल पुलिस क्लब र बाग्मती युथ क्लब ख...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - नेकपा एमालेको संसदीय दलको बैठकले बजेट अधिवेशनमा पार्टीका सांसदहरुलाई प्रभावकारी रुपमा प्रस्तुत हुन निर्देशन दिएको छ ।
आइतवार आज बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले बजेट अधिवेशनमा प्रभावकारी रुपमा प्रस्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सचिव योगेशकुमार भट्टराईले विषयवस्तु अध्ययन गरी तथ्य र प्रमाणका आधारमा बोल्न पनि सांसदहरुलाई आग्रह गरिएको बताउनु भयो ।
उहाँले नेपाली नागरिकले भोगिरहेका समस्याहरु, बेरोजगारी, महँगीको समस्यामा प्रभावकारी रुपमा काम गर्ने र सशक्त प्रतिपक्षीको रुपमा संसदमा प्रस्तुत हुने निर्णय बैठकमा भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो अधिवेशनमा प्रभावकारी रुपमा प्रस्तुत हुने, विषयवस्तु अध्ययन गर्ने, तथ्य र प्रमाणका आधारमा बोल्ने र सरकारबाट आउने प्रस्तावहरु ठिक छन् छैनन् भन्नेकुराको अध्ययन गरी आवश्यकता अनुसार प्रतिवाद गर्ने, नेपाली नागरिकले भोगिरहेका समस्याहरु, बेरोजगारी, महँगीको समस्यामा प्रभावकारी रुपमा काम गर्ने र सशक्त प्रतिपक्षीको रुपमा संसदमा प्रस्तुत हुने निर्णय भएको छ ।’
सचिव भट्टराईले सरकारबाट आउने प्रस्तावका बारेमा अध्ययन गरी संसदमा प्रस्तुत हुन आग्रह गरिएको पनि बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।