आईपीएल क्रिकेटमा गुजरातले लखनउलाई ५६ रनले हरायाे

 वैशाख २४, २०८० आइतबार १९:४७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई ५६ रनले हराएको छ ।

अहमदाबादमा गुजरातले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको लखनउले ७ विकेट गुमाएर १ सय ७१ रन मात्रै बनायो । लखनउका लागि क्वीनटन डि ककले सर्वाधिक ७० र केल मेयर्सले ४८ रन बनाए ।

बलिङतर्फ गुजरातका मोहित शर्माले ४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातका शुभमन गिलले नटआउट ९४ रन बनाए भने ऋद्धिमान साहले ८१ रन बनाए ।

पोहोर र अहिलेका चारवटै खेलमा गुजरातले लखनउलाई हराउन सफल भएको छ । गुजरात ११ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा कायमै छ । ११ अङ्क रहेको लखनउ तेस्रो स्थानमा छ । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया