बजेटको 'सिलिङ' नघटाउन सांसद पाैडेलकाे आग्रह

 बैशाख २५, २०८० सोमबार १३:३६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आउँदाे आर्थिक वर्षकाे बजेटको सिलिङ नघटाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा सांसद पौडेलले बजेटको सिलिङ नघटाउन आग्रह गर्नुभएको हो । उहाँले करको दायरामा वृद्धि गरेर र सहुलियतमा ऋण लिएर भए पनि बजेटको सिलिङ घटाउन नहुने बताउनुभयो । उहाँले वैदेशिक अनुदान लिने, बेरुजुलाई नियमन गर्ने र भ्रष्टाचारलाई नियन्त्रण गरेर अर्थ प्रणालीलाई सुधार्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘बजेटको सिलिङ निकै घटाउनेतिर नसोच्नका निम्ति म सुझाव दिन चाहन्छु । बरु करको दायरा वृद्धि गरौँ । 'सफ्ट लोन' मा वैदेशिक अनुदान लिऔँ । संसारमा प्रगति गर्ने देशहरूले अरू देशबाट 'सफ्ट लोन' मा अनुदान लिएका हामी पाउँछौँ । गएकाे वर्षभन्दा एक खर्ब रुपैयाँ कममा बजेट आउँदैछ भन्ने सुनेकाे छ । अर्थमन्त्रीज्यूलाई मेरो अनुरोध के छ भने तपाईँले आँट गर्नुस् । संसारभरिका सम्भावना भएका खोजौँ ।’

सांसद पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा दुई/दुई वटा भए पनि राम्रो काम अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले ठूला–ठूला टावर र भौतिक पूर्वाधार निर्माण गर्नुभन्दा नागरिकले प्रत्यक्ष अनुभूत गर्नेखालका काम हुनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया