अर्थमन्त्री अनुपस्थित भएपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

 वैशाख २५, २०८० सोमबार १४:१८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ । सभामा अर्थमन्त्री डा. प्रकाशशरण महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएकाे हाे ।

बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो । छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएसँगै बैठक सञ्चालमा प्रतिपक्ष दलका सांसदले अवरोध गरेका हुन् ।

बैठक स्थगितबारे जानकारी दिँदै सभामुख देवराज घिमिरेले भन्नुभयो, ‘केही प्राविधिक समस्याको कारणले अर्थमन्त्रीज्यूको उपस्थिति केही कारणले ढिला भइरहेको हुँदा १५ मिनेटका लागि यो बैठक स्थगित हुन्छ । त्यसपछि फेरि सुरु हुनेछ ।’

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया