ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि निलम्बनमा नपर्ने

 बैशाख २५, २०८० सोमबार १६:१०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि निलम्बनमा नपर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारबाही गरेका सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै उहाँको सांसद पद तत्कालका लागि निलम्बनमा नपरेको हो ।

आफूलाई गैरकानुनी ढङ्गले निलम्बन गरेको भन्दै श्रेष्ठले दिएको रिटमाथि आज साेमवार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलमा बोलाएकाले श्रेष्ठको सांसद पद तत्कालका लागि कायमै रहेको अदालतले जनाएको छ ।

आफूलाई मन्त्री बन्ने प्रस्ताव आएको र त्यसका लागि पार्टीलाई पैसा बुझाउनुपर्ने भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई सांसदबाट निलम्बन गर्न संसद् सचिवालयलाई सिफारिस गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सागर

    May 8, 2023, 4:38 p.m.

    सम्मानित अदालतको यस्तो निर्णयले त भ्रष्टचार गरौ कारवाही भए हामी छौ भन्ने बुझिन्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया