सरकारले नागरिकलाई उपचार दिन सकेकाे छैन तर 'भ्यु टावर' बनाइरहेकाे छ : सीके राउत

 बैशाख २६, २०८० मंगलबार १६:१४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. चन्द्रकान्त राउतले सरकारले आउँदाे वर्षकाे बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा सांसद राउतले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अहिलेसम्म मानव केन्द्रित भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको आराेप लगाउनुभयाे ।

सांसद राउतले सरकारले विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘प्रहरीका कर्मचारी तलब नपाएर रोइरहेको अवस्था छ । यता सरकार एअर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलमा ऋण लिएर भए पनि बनाउने तयारीमा छ । हामीले दशकौँदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएका छौँ । विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडक भनेको बुझियो जसले अहिले हाम्रो हविगत यो भयो । सरकारकाे आउँदाे बजेट मानव केन्द्रित होस् ।’

राउतले सरकारले नागरिकलाई स्वास्थ्य उपचार दिन नसकेकाे तर ठूला भ्यु टावर बनाउँदै गइरहेको बताउनुभयो । उहाँले सडकमा प्रतिघण्टा एक सय वटा गाडी नगुड्ने सडकलाई चार लेन बनाउने भन्दै सरकार लहैलहैमा लागेको आरोप लगाउनुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया