आकर्षक रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैङ्ककको आग्रह
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी (पासपाेर्ट) जफत गर्न माग गर्नुभएको छ ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरू देश छोडेर भाग्न सक्ने खतरा भएको भन्दै राहतदानी तुरुन्त जफत गर्न माग गर्नुभएको हो । उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्ररूपले काम गर्न दिनुपर्ने र प्रहरीले जुटाएको प्रमाण बीचमै हराउन नहुने पनि बताउनुभयो । उहाँले अपराधीलाई बचाउन खोजेमा रास्वपाले सडक र सदन दुवैमा नागरिकको आक्रोशलाई साथ दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भुटानी शरणार्थीको विषय सुरुवातमात्रै हाे । यस्ता हजारौँ भ्रष्टाचारका फाइलहरू खोल्दै जानुपर्नेछ । सरकारले खुट्टा नकमाओस् । प्रहरीलाई स्वतन्त्ररूपले काम गर्न दिनुपर्छ । तर प्रहरीले पनि मेहनत गरेर जुटाएको प्रमाणबीचैमा हराउनु हुँदैन । अपराधीलाई कुनै हालतमा बचाउन खोजियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले सदन, सडक दुवैमा नागरिकको आक्रोशलाई साथ दिनेछ । देश छोडेर भाग्नसक्ने खतरा भएकोले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी तुरुन्त जफत गरियोस् ।’
सांसद अर्यालले पार्टीभित्र भ्रष्टहरू पालेर संसदमा ठूला कुरा नगर्न पनि राजनीतिक दलहरूलाई चेतावनी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।