रोमानिया, क्रोएशिया, माल्टालगायत देशबाट पोल्याण्ड र बुल्गेरिया...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ठूला नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताउनुभएको छ ।
बुधवार काठमाण्डाैमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले आफूले धेरै पटक पार्टीको केन्द्रीय समितिमा र संसदमा समेत यसबारेमा कुरा उठाइसकेको भन्दै दलका शीर्ष नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताउनुभयो । विकृति, विसङ्गति, बेथितिले नेताहरूको अनुहार लतपतिएको भन्दै सबै ठूला नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपालीलाई पनि भुटानी शरणार्थी बनाइयो, यसमा अनुसन्धान हुनुपर्छ भनेर मैले पहिला भनेको हो । हामी देशको रूपान्तरण खोज्छाैँ भने सबैभन्दा पहिला आफैँ रूपान्तरण हुन आवश्यक छ । भ्रष्ट प्रवृत्तिको अन्त्य हुनैपर्छ ।’
मन्त्री गुरुङले भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिङ्ग, राजनीतिक पार्टी हुँदैन भन्ने मान्यताका साथ भ्रष्टाचारीमाथि कारबाही नभएसम्म भ्रष्टाचार चलिरहने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।