ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज र एपीएफ विजयी

 बैशाख २७, २०८० बुधबार १८:२७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चर्च ब्वाइज युनाइटेड क्लब शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

एन्फा कम्लेक्समा आज बुधवार भएको खेलमा चर्च ब्वाइज युनाइटेडले मच्छिन्द्र क्लबलाई २–१ गोलले हरायो । चर्च ब्वाइजका लागि अञ्जन विष्टले एक गोल गरे । त्यस्तै अर्को गोल आत्मघाती भएको थियो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले एक गाेल फर्काए ।

याे जितसँगै चर्च ब्वाइज ३० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्र २४ अङ्कका साथ चौथो स्थानमा कायमै छ ।

आजै दशरथ रङ्गशालामा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मीलाई ३–० गोलले हरायो । एपीएफका लागि आवास लामिछाने, नवीन लामा र अर्मान्ड बेडमले १/१ गाेल गरे ।

जितपछि एपीएफ २२ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा पुगेको छ । २१ अङ्क रहेको आर्मी सातौँ स्थानमा छ ।

तस्बिर : एन्फा

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया