सत्ताकाे आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : एमाले सचेतक

 वैशाख २७, २०८० बुधबार २०:५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्तौलाले यस्ताे बताउनुभएकाे हाे । उहाँले याे प्रकरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धमिलो बनाएको बताउनुभयो । उहाँले आरोपी पार्टीका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीको सम्पर्कमा आएर अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गर्नुभयो । निष्पक्ष छानबिन गर्नुपर्ने र सत्ताको आडमा कसैले उन्मुक्ति पाउनु नहुने सचेतक बर्ताैलाकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धमिलो भएको छ । यस्तो दुष्कर्म गर्ने जोसुकैलाई पनि कडाभन्दा कडा कारबाही गरिनुपर्छ । प्रचलित कानुनले दिएको सजाय सबैले भोग्नुपर्छ । कानुनविरुद्धको गतिविधि गर्नेहरू कुनै पनि पार्टीको हुँदैनन् । कुनै पनि पार्टीले संरक्षण गर्ने कुरा हुँदै हुँदैन । अपराधीको कुनै जात, धर्म, लिङ्ग, पार्टी हुँदैन । घटनामा जोडिएका जो कोहीले उन्मुक्ति पाउनु हुँदैन । उन्मुक्ति पाउने आशाबाट सत्ताको रापताप पनि जोडिनु हुँदैन ।’

सचेतक बर्ताैलाले यस प्रकरणपछि यति, वाइडबडी, ओम्नी, ललिता निवास र क्यान्टनमेन्ट घोटालालगायतको विषयमा पनि छानबिन गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया