नेपालले मलेसियासँग ५ खेलकाे टी–२० शृङ्खला खेल्ने

 वैशाख २८, २०८० बिहीबार १६:४९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला क्रिकेट टाेलीले मलेसियासँग ५ खेलकाे टी–२० शृङ्खला खेल्ने भएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) आज बिहीवार यसबारे जानकारी दिएकाे हाे ।

मलेसियाकाे घरेलु मैदानमा हुने प्रतियाेगिता आउँदाे मे २९ मा सुरु हुनेछ । दाेस्राे खेलमा नेपाल र मलेसियाले मे ३० मा खेल्नेछन् । यस्तै तेस्राे खेल जुन १, चाैथाे खेल जुन ३ र पाँचाैँ तथा अन्तिम खेल जुन ४ मा हुनेछ ।

नेपालले पछिल्लो पटक एसीसी वुमन्स टी–२० च्याम्पियनशिप खेलेको थियो । नेपाल त्याे प्रतियाेगितामा सेमिफाइनलबाटै बाहिरिएको थियो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया