काठमाण्डौको तारकेश्वरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

 बैशाख २९, २०८० शुक्रबार ८:१०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको तारकेश्वर नगरपालिका-६ चिसापानीमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गएराति सवा १० बजे रा १ ख २७३४ नम्बरको टिपरले बा ३४ प १००७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चिसापानी बस्दै आएका मोटरसाइकलका चालक ३३ वर्षका पासाङ लोप्चन तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

तामाङको ग्रीन सिटी अस्पताल सामाखुशीमा उपचारका क्रममा गएराति नै ज्यान गएको हो । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया