गण्डकीमा दीपक मनाङेकाे ठाउँमा जीतप्रकाश आले मन्त्री

 वैशाख २९, २०८० शुक्रबार १६:३५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा, तनहुँका जीतप्रकाश आले र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण आजै खुवाउने तयारी गरिएकाे गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो । यसअघि एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने चर्चा रहे पनि जीतप्रकाश आले मन्त्री बन्नुभएकाे हाे ।

गएकाे वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे गएको १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको हो । १५ गते शपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडा विनाविभागीय मन्त्री नियुक्त हुनुभएको थियो । अब गण्डकी प्रदेश सरकार मुख्यमन्त्रीसहित सात सदस्यीय बनेको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया