ललितपुरका विभिन्न ठाउँमा आज पनि तीन घण्टा बिजुली नआउने
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता एवम् पूर्वसभासद् आङटावा शेर्पा र पूर्व गृहमन्त्री एवम् एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
दुवै जनालाई जिल्ला अदालत काठमाण्डौले पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ । रामेछापका शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरूबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ । यस्तै रामबहादुर थापा गृहमन्त्री हुँदा उहाँका सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतीक थापा पनि संलग्न रहेको प्रमाणहरू भेटिएपछि थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । प्रतीकले यसअघि विज्ञप्ति निकालेर आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए ।
नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृह सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई लगायत १२ जना पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएका तत्कालीन उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई फरार रहेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन सुरु भएपछि जनस्तर र राजनीतिक दलकै तर्फबाट निष्पक्ष छानबिन र दोषीमाथी कारबाहीको माग गर्दै सरकारलाई दबाब बढिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो भ्रष्टचारमात्र नभई अन्तर्राष्ट्रिय सम्बन्धको समस्यासमेत रहेकाले गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताउँदै आउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।