‘नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई दबाब छैन, पद नहेरी कानुनमात्रै हेर्दैछाैँ’

 वैशाख ३१, २०८० आइतबार १९:२३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा नेपाल प्रहरीले निर्धक्क भएर अनुसन्धान गरिरहेको छ ।

यसअघिका विभिन्न प्रकरणमा राजनीतिक दबाब र अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि भए पनि नक्कली भुटानी प्रकरणमा भने नेपाल प्रहरीले कसैको दबाबविना अनुसन्धान गरिरहेको छ । जसका कारण पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परिसक्नुभएको छ भने पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको अनुसन्धान र सक्रियताको चौतर्फी प्रशंसा भइरहेको छ ।

नेपाल प्रहरीका सहायक प्रवक्ता भूपेन्द्र खत्रीले पनि उज्यालोसँग कुराकानी गर्दै भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई कतैबाट पनि दबाब नआएकाले र ढुक्क भएर अनुसन्धान चलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले कतैबाट पनि दबाब महसुस गरेका छैनौँ, नेपाल प्रहरीले पदभन्दा पनि कानुनलाई हेरेर अनुसन्धान गर्ने हो’, खत्रीले भन्नुभयो ।

देशमा विधिको शासन स्थापित गराउनका लागि प्रहरीले जहिले पनि प्रयास गर्दै आएको र यो प्रकरणमा पनि कानुनको नजरका सबै समान हो भन्ने सन्देश दिने गरी निष्पक्ष अनुसन्धान हुने उहाँको भनाइ छ । ‘सबैको सहयोग पाएमा प्रहरीको अनुसन्धान फ्री एन्ड फेयर हुन्छ भनेर प्रमाणित गर्ने अवसरका रूपमा पनि हामीले यस घटनालाई लिएका छौँ’, सहायक प्रवक्ता खत्रीले भन्नुभयो । उहाँले फरार रहेका एमालेका सचिव रायमाझी पनि छिटै पक्राउ पर्ने पनि दाबी गर्नुभयो ।

 सम्बन्धित समाचार

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया