रायमाझी पक्राउ परेको पत्र सभामुखकोमा पुग्यो

 जेठ १, २०८० सोमबार १६:१५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेकाे विषयकाे पत्र बढेर संसदलाई जानकारी गराउनुभएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले आज साेमवार सभामुख देवराज घिमिरेलाई पत्र पठाएर नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको खुल्न आएकाले रायमाझीलाई हिजो आइतवार पक्राउ गरेर हिरासतमा राखिएको जानकारी गराएको थियो ।

प्रहरीले पठाएको पत्र सभामुखले आजको प्रतिनिधि सभाको बैठकमा वाचन गरेर सुनाउनुभएको हो । तर सभामुखले पक्राउ परेको पत्र सुनाउँदैमा रायमाझीको पद निलम्बनमा पर्ने छैन । अदालतले पुर्पक्षका लागि थुनामा पठाएमा मात्रै उहाँको पद निलम्बनमा पर्नेछ ।

नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् । पक्राउ पुर्जी जारी भएको ११ औँ दिनमा रायमाझी हिजो पक्राउ परेका हुन् ।

*यसअघि समाचारमा निलम्बन भएकाेमा सच्याइएकाे छ– सम्पादक

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया