एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ ।
सोमवार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशालासम्बन्धी कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकार र बजारले वित्त नीतिभन्दा पनि मौद्रिक नीतिमा बढी अपेक्षा गरेको बताउनुभयो । मौद्रिक नीतिबाट सरकारले धेरै अपेक्षा गरे पनि मौद्रिक नीतिमा सीमितता रहेकाले सबै अपेक्षा समेट्न नसक्ने उहाँकाे भनाइ थियाे ।
उहाँले भन्नुभयो, ‘सरकार र समाजले मौद्रिक नीतिमाथि बढी अपेक्षा गरेको देख्छौँ । मौद्रिक नीतिका सीमाहरू छन् । राष्ट्र बैंकको उद्देश्य र मौद्रिक नीतिका उद्देश्यभन्दा बाहिर गएर थप काम गर्न खोज्दा उद्देश्यभन्दा बाहिर हुन्छ । वित्त नीति र मौद्रिक नीतिबीचको समन्वय आवश्यक हो । जसरी राजनीतिक व्यवस्थामा चेक एन्ड ब्यालेन्सको अवस्था छ त्यसरी नै मौद्रिक र वित्त नीतिमा पनि आवश्यकता हुन्छ ।’
गभर्नर अधिकारीले देशको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको बताउनुभयो । उहँले बैंक तथा वित्तीय क्षेत्रमा नीति र नियमनका कारण यो वर्ष बाह्य क्षेत्रमा सहज रहे पनि आउँदाे दिनमा चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारलाई अर्थतन्त्रलाई लयमा ल्याउनका लागि ठूलो चुनौती वित्त नीतिमा देखिएको बताउनुभयो । गभर्नर अधिकारीले सरकारले राजस्व सङ्कलन वृद्धि, करको दायरा बढाउने र भन्सारमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।