अमेरिकी डलरको भाउमा फेरि कीर्तिमान
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - प्रतिनिधि सभा गठन भएको झण्डै ६ महिनापछि संसदीय समिति क्रियाशील भएका छन् ।
सभामुख देवराज घिमिरेले १० वटै समितिको बैठक राख्न दिएको सुझाव अनुसार आज प्रतिनिधि सभा मातहतका सबै विषयगत समितिको बैठक एकैसाथ बस्ने तयारी रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । बैठक ९ बजे बस्नेगरी बोलाइएको छ ।
समितिका सभापति चयन नभएसम्मका लागि ती समितिको बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नुहुनेछ । प्रतिनिधि सभा अन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा सार्वजनिक लेखा समिति छन् ।
पुस ७ गते प्रतिनिधि सभाका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै कार्यकाल सुरु भएको थियो । तर विषयगत समिति गठनमा ढिलाइ हुँदा मिनी संसद् मानिने समिति क्रियाशील हुन सकेका थिएनन् ।
गएको वैशाख १५ गते १० वटा समिति गठनको घोषणा गरिएको थियो । समितिको प्रमुख कार्यजिम्मेवारी सचिवालयमा दर्ता भइ सभाले सैद्धान्तिक, दफावार छलफलका लागि पठाएका विधेयकलाई निष्कर्षमा पुर्याउनु रहेको छ । सभामा ठूलो सङ्ख्या हुने भएकाले र सबै काम गहिरोसँग अध्ययन तथा अनुसन्धान गरी निष्कर्षमा पुर्याउन समस्या हुने भएकाले प्रभावकारी कार्यसम्पादन गर्न संसदीय समिति प्रणाली अभ्यासमा छ । ती समिति धेरैजसो २५ सदस्यीय छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।