शेयर बजार सामान्य बढ्यो, ६४ करोड रुपैयाँको कारोबार

 जेठ २, २०८० मंगलबार १५:१३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज मङ्गलवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २९ अङ्कले बढेर एक हजार आठ सय २१ दशमलव ६० विन्दुमा पुगेको छ ।

आज बैंक र अन्य समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य उकालो लागेको छ । आज दुई सय ६९ वटा कम्पनीकाे २० लाख ६३ हजार कित्ता शेयर ६४ करोड एक लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशत तथा हिमालयन ऊर्जा विकास कम्पनी र मायाखोला जलविद्युत् कम्पनीको शेयर साढे पाँच प्रतिशतले बढेको  छ । आज सबैभन्दा धेरै माईखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया