राप्रपाले सरकारी कर्मचारीको सङ्गठन नबनाउने, विद्यार्थी सङ्गठन गैरराजनीतिक बनाउने

 जेठ ३, २०८० बुधबार १६:२३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारी कर्मचारीको सङ्गठन नबनाउने भएको छ । काठमाण्डौमा बसेको केन्द्रीय समितिको बैठकले राप्रपाले सरकारी वेतनधारी कर्मचारीको सङ्गठन नबनाउने र विद्यार्थी सङ्गठनलाई गैरराजनीतिक बनाउने निर्णय गरेको हो ।

कर्मचारी राजनीतिमा लाग्दा नागरिकको कामकाज प्रभावित हुने र विद्यार्थीलाई राजनीतिमा लगाउँदा शिक्षा प्रणाली नै ध्वस्त हुने राप्रपाको ठहर छ । यस्तै राप्रपाले २०४६ पछिका उच्च पदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन सरकारसँग माग गरेको छ ।

राप्रपाले भ्रष्टाचार निर्मूल पार्नका लागि नक्कली भुटानी शरणार्थी काण्ड, लडाकु शिविर घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइडबडी काण्डलगायतका सम्पूर्ण भ्रष्टाचारका घटनामा समेत तत्काल छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन पनि माग गरेको छ । किसानलाई तत्काल मल बिउ सर्वसुलभ उपलब्ध गराउन र बैंक तथा वित्तीय संस्था पीडितका माग पनि सम्बोधन हुनुपर्ने राप्रपाले जनाएको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया