आईएमई पेबाट डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने

 जेठ ३, २०८० बुधबार १६:५२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई पेबाट डिजी मार्टमा स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट पाइने भएकाे छ । 

याे अफरअन्तर्गत ग्राहकले प्रत्येक कारोबारमा सय रुपैयाँसम्म १० प्रतिशत छुट पाउने आईएमई पेले जनाएकाे छ । अफर अवधिभरि याे छुट पाँच पटकसम्म प्राप्त गर्न सकिने छ । ग्राहकले डीजी मार्टको सबै शाखामा याे छुट प्राप्त गर्न सक्नेछन् । यो अफर जेठ १ गतेदेखि असार ३१ गतेसम्म चल्नेछ । 

आईएमई पे र डीजी मार्टबीचको सम्झौताअन्तर्गत याे अफर सार्वजनिक भएकाे हाे । यो अफर थोरै रकममा ग्राहकलाई धेरै सुविधा प्रदान गर्ने उद्देश्यका साथ सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया