ग्लोबल आईएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रत...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – नेपाल आयल निगमले हवाई इन्धनमा उच्च नाफा राखेको छ । अहिले निगमलाई अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर ७३ रुपैयाँ र आन्तरिकतर्फ ३५ रुपैयाँ नाफा रहेको छ ।सरकारको कानुनमा २० प्रतिशतभन्दा धेरै नाफा लिएमा जो सुकैलाई पनि कारबाही हुने व्यवस्था छ तर सरकारी स्वामित्वको नेपाल आयल निगमले नै २० प्रतिशतभन्दा धेरै नाफा राखेको छ ।
निगमले हवाई इन्धनको भाउ नघटाएर चर्को नाफामा बेच्दा आन्तरिक हवाई उडानको भाडा सस्तो हुन सकेको छैन भने बाह्य उडान गर्ने एअरलाइन्सले विदेशबाटै तेल भरेर आउने गरेका छन् । विदेशबाटै नेपाल आउजाउको तेल भरेर आउने हुनाले अन्तर्राष्ट्रियतर्फको भाडा पनि महँगो नै रहेको छ । निगमले इन्धनको भाउ नघटाउँदा अहिले हवाई उडानको भाडा पनि महँगो पर्न गएको हवाई सञ्चालकहरूको गुनासो छ । इन्धनको भाउ घट्दा, हवाई भाडा घट्ने र यात्रु बढ्ने हुँदा सरकारलाई नै फाइदा पुग्ने उनीहरूको भनाइ छ ।
अहिले दैनिक दुई सय वटा आन्तरिक उडान हुने गरेकोमा इन्धनको भाउ घटेर हवाई भाडामा कमी आउँदा दैनिक उडान दुई सय ५० वटासम्म पुग्न सक्ने वायु सेवा सञ्चालकहरूको भनाइ छ ।
भारतबाट भाउ बढेर आउँदा नेपालमा पनि रातारात बढाइहाल्ने आयल निगमले भाउ घटेर आउँदा भने सञ्चित घाटालाई देखाएर घटाउन आनाकानी गर्दै आएको छ । निगमले हिजो मङ्गलवार डिजल र मट्टीतेलकाे भाउ घटाए पनि पेट्रोल र हवाई इन्धनको भाउ भने घटाएको छैन ।
धनीले मात्रै जहाज चढ्छन भन्ने गलत बुझाइले समस्या भयो : सुदर्शन बर्तौला, हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता – यती एअरलाइन्स
हवाई यातायातको महत्त्वलाई सरकार र आयल निगमले गलत तरिकाले बुझ्दा समस्त यात्रुले चर्को भाडा तिर्नुपरेको छ । निगमले हवाई यातायात र यात्रुलाई विलासी र धनी व्यक्तिको यातायातको साधनको रूपमा हेरेर इन्धनमा चर्को नाफा राखेर बेच्ने गरेको छ । गएकाे वर्ष ६५ लाखभन्दा बढी यात्रुले प्रयोग गरेको हवाई यातायात विलासीको साधनका रूपमा हेर्नु जायज होइन ।
अरू वस्तुमा जस्तै हवाई इन्धनमा पनि २० प्रतिशतभन्दा बढी मुनाफा राख्नु कालोबजारी ऐनको उल्लङ्घन हो । अझ सुगम र दुर्गममा उडान गर्ने जहाजकाे हवाई इन्धनको एउटै मूल्य हुँदा अन्य यातायातका साधनको पहुँच नभएको र हवाई सेवामा मात्र भर पर्नुपर्ने दुरदराजका यात्रुलाई परेको असरप्रति सरकार गम्भीर हुनुपर्छ ।
हवाई इन्धनमा सहुलियत नदिए पनि थोरै मात्र मुनाफा राख्ने हो भने अहिलेको हवाई भाडामा धेरै सस्तो पर्छ । यसतर्फ सबै सरोकारवाला गम्भीर हुन आवश्यक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dambar niroula
May 18, 2023, 5:34 a.m.भाडा दरमा कार्यन्वयन हुने हो भने मात्र इन्धनको मूल्य घटेको महशुस हुन्छ जनतालाई ।।