सर्वोच्चको आदेशका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सकेनौँ : प्रचण्ड

 जेठ ४, २०८० बिहिबार १३:३६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको आदेशका कारण सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसकिएको बताउनुभएको छ ।

प्रतिनिधि सभामा भएको सांसद–प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सोध्नुभएको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सूचना आयोगले सर्वोच्चमा एक मुद्दा हालेको र त्यो मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नदिएको आदेश आएको जानकारी दिनुभयो ।

थरुहट र मधेस आन्दोलनसँग सम्बन्धी घटनाको सत्य/तथ्य पत्ता लगाउन लाल आयोग गठन गरिएको र त्यो आयोगको प्रतिवेदन सार्वजनिक गर्न आफू तयार रहे पनि सर्वोच्चको आदेशका कारण अहिले सार्वजनिक गर्न नसक्ने बताउनुभयो । तर अब आदेशको पुनरावेदन गरेर भए पनि प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया