नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा बाेल्ने नै छु : केपी ओली

 जेठ ४, २०८० बिहिबार १९:२४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज बिहीवारकाे संसद् बैठकमा सहभागी हुन नसकेकाे बताउनुभएकाे छ । 

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिनुभएकाे हाे । उहाँले आजकाे बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे बाेल्ने बताए पनि उहाँ अनुपस्थित हुनुभएकाे थियाे । ओलीले स्वास्थ्यमा सुधार आएपछि नक्कली शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसदमा राख्ने पनि बताउनुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ, ‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागी हुन सकिनँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसद्समक्ष राख्ने मैले यसअघि बताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमा बोल्ने नै छु ।’ 

अध्यक्ष ओलीले सभामुखले प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री र सांसद्हरूबीच नागरिकका जल्दाबल्दा विषयमा प्रश्नाेत्तरको नयाँ प्रचलन आजदेखि सुरु गर्नुभएकोबारे भन्नुभएकाे छ, ‘ठिक  छ । प्रश्नहरू दुई किसिमका हुन्छन् । एकथरी प्रश्नको उत्तरमात्र दिए पुग्छ । देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तरमात्र दिएर पुग्दैन, नागरिकलाई अनुभूति हुने गरी परिणाम दिनुपर्छ । सांसद्हरूले संसदमा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकोस् । त्यसले हरेक नागरिकले संसदमा आफैँ भएको महसुस गर्न पाउनेछन् । प्रश्नहरू औपचारिकतामात्रै नहोऊन् र उत्तरहरू ओठे प्रतिबद्धतामात्रै नहोऊन् ।’

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया