नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ

 जेठ ५, २०८० शुक्रबार ७:३३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । ठगी धन्दामा संलग्न भएको आरोपमा प्रहरीले हिजो थप दुई जनालाई पक्राउ गरेपछि पक्राउ पर्नेको सङ्ख्या १६ जना पुगेको हो ।

हिजो पक्राउ पर्नेमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ रहेका छन् । दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाण्डौबाट दुई दिनको म्याद थप भएको छ ।

ठगी प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप,  पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री  रामबहादुर थापा बादलका  सुरक्षा  सल्लाहकार  इन्द्रजित  राई, पूर्वसांसद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर थुलुङ, नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परिसकेका छन् । पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक र निरज राई अझै फरार छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनासँगको बयान सकिएको छ । पक्राउ परेका सबैको बयान सकेर प्रहरीले पर्सि आइतवारसम्म रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । तर सरकारी वकिल कार्यालयले सकेसम्म आज नै प्रतिवेदन बुझाउन भनेको छ ।

अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि काठमाण्डौ जिल्ला सरकारी वकिल कार्यालयले अध्ययन गरी अभियोगपत्र तयार गर्नेछ । आउँदो मङ्गलवारसम्म अदालतमा अभियोगपत्र दर्ता गरिसक्नु पर्नेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

घटनामा अन्य उच्च पदस्थ व्यक्ति पनि तानिन सक्ने आशङ्का छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने नाममा भएको ठगी प्रकरणको अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुन सक्ने भन्दै सांसद, नागरिक अगुवालगायतले निरन्तर खबरदारी गरिरहेका छन् ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया