दाङमा दुईवटा बस ठोक्किँदा एक जनाको ज्यान गयाे, २३ जना घाइते

 जेठ ५, २०८० शुक्रबार ९:१४:३६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको देउखुरीमा आज बिहान दुईवटा बस ठोक्किँदा एक जनाको ज्यान  गएको छ । २३ जना घाइते भएका छन् ।

दाङकाे लमहीबाट भालुवाङका लागि छुटेकाे लु २ ख ७८५ नम्बरको बस र वीरगञ्जबाट तुलसीपुरका लागि छुटेकाे ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठाेक्किएका हुन् । 

दुर्घटनामा रोल्पा रुन्टीगढी–९ की २४ वर्षीया शोभा परियारकाे ज्यान गएकाे छ । यस्तै, उहाँका दुई छोरासहित २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभयाे । 

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि लमही लगिएको उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख २, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया