हिमालयन शेर्पाले एपीएफलाई हरायाे, आर्मी र खुमलटारबीच बराबरी

 जेठ ५, २०८० शुक्रबार १८:५८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले विभागीय टाेली सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई हराएकाे छ ।

ललितपुरकाे एन्फा कम्प्लेक्समा भएकाे खेलमा हिमालयनले एपीएफलाई ३–२ गाेलले हरायाे । हिमालयनका लागि खामिर गिल्सन, पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले गोल गरे । एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले गोल गरे ।

याे जितसँगै हिमालयन शेर्पा १९ खेलमा २५ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा उक्लिएकाे छ । एपीएफ २२ अङ्कसहित १२ औँ स्थानमा छ ।

यस्तै आजै त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार क्लबबीचको खेल २–२ गाेलकाे बराबरीमा सकिएको छ ।

आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले गाेल गरे । यता खुमलटारका मेसुके ओलुमोउ र स्टेफेन समिरले गोल गरे ।

याे बराबरीसँगै आर्मी १९ खेलमा २६ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ । खुमलटार उति नै खेलमा १८ अङ्कसहित पुछारमा छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया