भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – एनएससी काभा महिला भलिबल च्यालेन्ज कप आज साेमवारदेखि नेपालमा सुरु हुँदैछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा हुन लागेको प्रतियोगितामा मध्य एसिया आठ वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।
आयोजक नेपालले आफ्नाे पहिलाे खेलमा आज साेमवार किर्गिस्तानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राखेपको कभर्ड हलमा दिउँसो साढे ४ बजे हुने छ । यस्तै अहिले बिहान साढे ९ बजे उज्वेकिस्तान र श्रीलङ्का खेल्दै छन् । बङ्गलादेश र भारतको खेल दिउँसो १२ बजे हुनेछ भने माल्दिभ्स र काजकिस्तानबीचको खेल बेलुका ७ बजे हुनेछ ।
प्रतियाेगितामा नेपालले भोलि मङ्गलवार बङ्गलादेशसँग र पर्सि बुधवार १० गते भारतसँग खेल्नेछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्ने छ ।
प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा घरेलु टोली नेपालसहित भारत, बङ्गलादेश र किर्गिस्तान छन् । त्यस्तै समूह 'बी' मा श्रीलङ्का, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् । नेपालले यसअघि पुरुषतर्फको सेन्ट्रल एसियन जोन भलिबल च्याम्पियनशिपको आयोजना गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।