शीर्ष स्थानकाे चर्च ब्वाइजले साताैँ स्थानकाे हिमालयनसँग खेल्दै, 'रेलिगेशन जाेन' छाेड्न फ्रेन्ड्सलाई अवसर

 जेठ ८, २०८० सोमबार ९:१४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज साेमवार दुई वटा खेल हुँदैछ । दुवै खेल दिउँसाे ३ बजे सुरु हुनेछ ।

ललितपुरकाे च्यासल मैदानमा हुने खेलमा शीर्ष स्थानकाे चर्च ब्वाइज युनाइटेड र साताैँ स्थानकाे हिमालयन शेर्पा क्लब खेल्दैछन् । चर्च ब्वाइजकाे १९ खेलमा ३६ अङ्क छ भने हिमालयन शेर्पाकाे उति नै खेलमा २५ अङ्क छ ।

आजै सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्सकाे मैदानमा हुने अर्काे खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब खेल्दै छन् । आर्मी १९ खेलमा २६ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ भने फ्रेन्ड्स उति नै खेलमा २१ अङ्कसहित १३ औँ स्थानमा छ । फ्रेन्ड्स 'रेलिगेशन जाेन' मा रहेकाे छ । आजकाे खेलमा आर्मीलाई हराएमा फ्रेन्ड्सले 'रेलिगेशन जाेन' छाेड्नेछ ।

१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया