१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै - नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । पहिलो चरणको अनुसन्धानमा यथेष्ट प्रमाण नजुटेकाले प्रकरणमा मुछिएकामाथि प्रहरीले थप प्रमाण जुटाउन थालेको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी दानबहादुर कार्कीले यसअघि खुल्न नसकेका तर यो विषयमा जोडिएका र मुछिएकामाथि दोस्रो चरणमा अनुसन्धान सुरु भइसकेको बताउनुभएको छ । अहिले फरार सूचीमा रहेका १७ जनामा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक तथा इन्द्रजित राईका छोरा निरज, बिचौलिया बेचन झा तथा पैसा लेनदेनमा सहयोगी भूमिका खेल्ने अन्य १४ जना छन् ।
पहिलो चरणमा अस्ति बुधवार ३० प्रतिवादीविरुद्ध चार मुद्दा दायर भइसकेको छ । जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शमशेर मियाँलगायत उच्चपदस्थ व्यक्ति रहेका छन् । उनीहरूविरुद्ध सङ्गठित अपराध, ठगी, राज्यविरुद्धको अपराध तथा लिखत कीर्ते कसुरको मागदाबी गरिएको छ । बुधवार दायर भएको मुद्दामा आजदेखि अदालती कारबाही सुरु हुँदैछ । ३० प्रतिवादीमध्ये १६ जना पक्राउ परेकाले उनीहरूको बयान सुरु हुनेछ ।
बयानपछि थुनछेक बहस हुनेछ । बहसमा सरकारी वकिल र प्रतिवादीका वकिलले बहस गर्नेछन् । सरकारी वकिलले बहस सकेपछि प्रतिवादीका तर्फबाट अधिवक्ताले बहस गर्नेछन् । प्रतिवादीका अधिवक्ताले गरेको बहसपछि जवाफी बहस गर्न आवश्यक देखिएमा सरकारी वकिलका तर्फबाट जवाफी बहस पनि हुनेछ ।
दुवै पक्षको बहस सकिएपछि इजलासले प्रतिवादीका सम्बन्धमा अदालतमा पेस गरिएका प्रमाण, उनीहरूको बयान र तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको अवस्थामा उनीहरूलाई थुनामा पठाउन सक्नेछन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।