राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४ सय ८२ जनाको बाँकी कैद मिनाहा
जेठ १४, २०८० आइतबार
काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा पक्राउ परेका जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार रुपैयाँ घुस रकमसहित केही समयअघि पक्राउ गरेको थियो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार आरोपीद्वयलाई बिगोबमोजिम कैद सजाय र बिगो असुलको माग गर्दै आज शुक्रवार मुद्दा दायर गरिएको हो ।