प्रचण्डको भ्रमणबारे भारतीय विदेश मन्त्रालयले दियो जानकारी

 जेठ १३, २०८० शनिबार ११:३६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भारत भ्रमणबारे भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ । विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री प्रचण्डले यही जेठको १७ गतेदेखि २० गतेससम्म भ्रमण गर्ने तय भएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतका द्विपक्षीय विविध विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गर्नुहुनेछ । ‘छिमेक पहिले’ भन्ने नीतिलाई थप मजबुत बनाउन नेपालका प्रधानमन्त्रीको भ्रमणले थप सहयोग पुग्ने र यसले द्विपक्षीय साझेदारीलाई बढावा दिने पनि मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति, उपराष्ट्रपति र अन्य विशिष्ट व्यक्तिसँग पनि भेटवार्ता गर्नुहुनेछ । औपचारिक कार्यक्रम र भेटघाटका अतिरिक्त प्रधानमन्त्री प्रचण्डले उज्जैन र इन्दौरको पनि भ्रमण गर्ने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया