प्रिमियर लिगको च्याम्पियन भइसकेको म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित

 जेठ १५, २०८० सोमबार ६:२५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन भइसकेको म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित भएको छ ।  गएराति भएको खेलमा सिटीलाई ब्रेन्टफोर्डले १–० गोल अन्तरले हराएको हो ।

यस्तै, अरु खेलमा आर्सनल, एस्टोन भिल्ला, एभर्टन, टोटनह्याम, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् ।  म्यानचेस्टर युनाइटेडले फुलहम, लेस्टरले वेष्ट ह्याम र एस्टन भिल्लाले ब्राइटनलाई समान २–१ गोल अन्तरले हराएका हुन् भने लिड्स युनाइटेड टोटनह्यामसँग ४–१ गोल अन्तरले पराजित भयो ।

त्यसैगरी, आर्सनलले वुल्स्लाई ५–० गोलले र एभर्टनले बर्नमाउथलाई १–० गोलले हराए । यस्तै, साउथह्याम्टन र लिभरपुलले ४–४ गोलको बराबरी खेले भने चेल्सी र न्युक्यासल तथा क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्टले १–१ गोलको बराबरी खेले । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया