भारत भ्रमणमा बिजुली निर्यातदेखि सीमा समस्याकाे बारेमा कुराकानी हुनेछ : प्रधानमन्त्री प्रचण्ड

 जेठ १५, २०८० सोमबार २०:४६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ १७ गतेदेखि हुने आफ्नो भारत भ्रमणबारे सदनमा जानकारी गराउनुभएको छ ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे जानकारी गराउनुभएको हो । उहाँले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल गर्ने तयारी रहेको बताउनुभयो ।

भारत भ्रमणमा व्यापार, पारवहन, लगानी प्रवर्धन, ऊर्जामा व्यापार, तथा अन्तरदेशीय विद्युत् प्रसारण लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाल, आन्तरिक कन्टेनर लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीले जानकारी दिनुभयाे । उहाँले नेपालका विभिन्न जलविद्युत् उत्पादन हुने नदीमा देशको हित सुनिश्चित गरी भारतीय लगानी भित्र्याउने, द्विपक्षीय ऊर्जा व्यापारका लागि प्रसारण लाइन लगायतका संरचना निर्माण गर्ने, बिजुली निर्यातका लागि आधार सुनिश्चित गर्ने विषय आफ्नाे प्राथमिकताको विषय रहने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भारतको भूमि हुँदै बङ्गलादेशसम्म बिजुली निर्यातको विषयमा यो पटक प्रभावकारीरूपमा कुराकानी गर्ने र पञ्चेश्वर परियोजनाको डीपीआर टुङ्गोमा लैजानका लागि छलफल हुने बताउनुभयो । उहाँले भ्रमणमा सीमा समस्यालगायतका कतिपय विषय सम्बोधन गर्ने गरी छलफल हुने पनि उल्लेख गर्नुभयाे ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया