बियरको मूल्य बोत्तलमै १० रुपैयाँले वृद्धि, रक्सी र चुरोट खैनीको भाउ पनि बढ्ने

 जेठ १५, २०८० सोमबार २०:५४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाका कारण रक्सी, बियर, चुरोट, खैनीलगायतका वस्तुको भाउ बढेको छ । यी वस्तुमा बढेको भाउ भोलि मङ्गलवारदेखि नै लागू हुनेछ ।

आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि आज साेमवार संसदमा प्रस्तुत भएको बजेटअनुसार अन्तःशुल्क बढ्दा समग्र मूल्य बढ्ने भएको हो ।

अहिले बियरमा प्रतिलिटर दुई सय २८ रुपैयाँ अन्तःशुल्क लाग्छ । यसलाई बढाएर दुई सय ३५ रुपैयाँ पुर्‍याएकाले लिटरमा सात रुपैयाँ बढ्नेछ । बढेको सात रुपैयाँमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्छ । यसले गर्दा बियरको मूल्य छ सय ५० मिलिलिटरको बोतलमा १० रुपैयाँ बढ्ने छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया